
प्रदेश सभा सदस्य अमरबहादुर थापाको क्षेत्र विकास कोष रकम मार्फत आपतकालिन रुपमा निर्माण गरिएको दैलेखको आईसुलेसन अस्पताल निर्माण सम्पन्न भएको छ ।
निर्माण सम्पन्न अस्पतालमा बुधवार देखि कोरोना संक्रमणको उपचारमा रहेका बिरामीहरुलाई सारिएको छ । नारायण नगरपालिकाको शरस्वती मावि तर्तागंमा संचालन भएको आईसुलेसन अस्पताल अव विद्युत कार्यालय नजिक निर्माण गरिएको आफ्नै अस्पतालमा संचालन हुने भएको हो ।
प्रदेश सभा सदस्य अमरबहादुर थापाले जनताको स्वास्थ्य सुरक्षा पहिलो कर्तब्य भएको भन्दै अस्पताल निर्माणमा सहयोग गर्ने कोरोना पिवद् कोष लगायत जिल्ला स्वास्थ्य र निर्माण कर्तालाई धन्यवाद दिएका छन् । आइसुलेसन अस्पताल निर्माण सुरु भएको २१ दिनमा सम्पन्न भएको छ ।
अहिले ७१ लाख प्रारम्भिक खर्च गरिएको जानकारी दिईएको भएपनि एकिन जानकारी एक दुईदिनभित्र नारायण नगरपालिकाले दिने भएको छ ।
दैलेखमा अहिले पिसिआर मेसिन संचालनमा छ भने आईसुलेसन अस्पताल पनि संचालनमा आएपछि झनै सजिलो भएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिएका छन् । जिल्ला अस्पताल दैलेखका प्रमुख डा निरन्जन पन्तले अहिले दैलेखमा कोरोना संक्रमणको दर बिगतको तुलनामा भन्दा घटेको बताएका छन् । संक्रमणको दर घटेपनि हरेक नागरिकहरुले आफ्नो व्यक्तिगत सुरक्षा निकै अनिवार्य रहेको पन्तले बताए ।






